कैलालीमा एका घर परिवारका ५ जना सवार जिप दुर्घटना: दुई बेपत्ता, तीन गम्भीर घाइते

0 350

कैलाली । जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा न. ०७ बाँका स्थित चिसापानी देखी सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जिप सडकमा ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी २५०/३०० मिटर तल कर्णाली नदिमा खस्न गई दुर्घटना भएको छ ।

आज मिति २०७८/०४/१५ गते अन्दाजी १२.३० बजेको समयमा उक्त घटना घटेको हो । सो घटनास्थलमा प्रहरीले खोज तलास गर्दा ३ जना बच्चा झारीमा फेला परेको निज बच्चाहरुको अवस्था गम्भिर भएकाले उपचारको लागी लाल रत्न अस्पताल लम्की कैलालीमा लगी प्राथमिक उपचार पश्चात थप उपचारको लागी नेपालगञ्ज रिफर गरिएको डिएसपी प्रतिक बिष्टले जनपथ खबरसंग बताएका छन ।

उक्त गाडीमा एका घर परिवारका ३ जना भाई बहिनी र आमा बुवा गरि ५ जना सवार थिए । सो गाडी कर्णाली नदिमा डुबेको हुँदा घटनास्थलमा खोजी कार्य जारी छ ।

जिल्ला डोटी आदर्श गाउँपालिका-३ काँडे साउले बस्ने वर्ष अन्दाजी ४० को चालक चन्द्र प्रकाश जोशी (श्रीमान)र वर्ष अन्दाजी ३० कि रुवि जोशी (श्रीमती) अझै नदिमा बेपत्ता भएका छन।
साथै वर्ष अन्दाजी ८ की लक्ष्मी जोशी (छोरी), अन्दाजी वर्ष २ को भुवन जोशी (छोरा) र अन्दाजी वर्ष ६ कि सावित्री जोशी (छोरी) गम्भिर घाइते भएका छन।

You might also like
Loading...