बुटवलमा संयुक्त विरोध सभा कार्यक्रम सम्पन्न
रुपन्देही । आइतबार बुटवल पुष्पलाल पार्कमा दिउँसो 2 बजे २२ दलिय संयूक्त मोर्चा अन्तर्गतको ८ दलको सयूक्त आयोजनामा संयुक्त विरोध सभा कार्यक्रम सम्पन्न भयको छ ।
उक्त सभाको अध्यक्षता देजमो नेपालका लुम्बिनी प्रदेशका उपाध्यक्ष पिताम्बर आचार्यको रहेको थियो भने कार्यक्रमको संचालन मान बहादुर खत्रीले गर्नु भएको थियो ।कार्यक्रम एमसिसि सम्झौता र भारतीय विस्तारबादको ज्याजतीका बिरुद्धमा भएको थियोे ।
उक्त क्रार्यक्रमलाई सम्वोधन गर्दै नेकपा (क्रान्तिकारी माअोवादी) का पिविएम एवम् लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपानेले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्धमा राष्ट्रिय मुक्ति युद्धको जेहाद छेडनु पर्ने भएकाले सम्पुर्ण देशभक्तहरु एक ठाँउमा उभिनु पर्ने कुरा आजको राष्ट्रिय आवश्यकताको विषय बनेको कुरा औंल्याउनु भयो । साथै उहाँले वैदेशिक हस्तक्षेपका विरुद्धमा पुर्खाहरु लडेरै राष्ट्रिय स्वाधीनताको रक्षा गरेको इतिहास साक्षी राख्दै यो बेला हामीले पनि लडेरै नै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने कुरा प्रष्ट पार्नुभयो ।
सो कार्यक्रममा नेकपा ( माओवादी केन्द्र समाजवादी ) का नेता विनोद उपाध्यक्ष , नेकपा ( माले ) का नेता गाेपालमणि गौतम र राष्ट्रिय जनमाेर्चाका नेता बद्री आलमले मन्तव्य राख्नु भएको थियो ।