फतिमा सुमार नेपाल आउँदै: एमसिसि पास गराउनको लागि दबाब दिन

0 322

बर्दिया । अमेरिकी सैन्य रणनीति अन्तर्गतको एउटा अंग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार यही भाद्र २२ गते एमसीसी परियोजना संसदबाट पास गराउनको लागि दबाब दिन नेपाल आउने भएकी छन् ।

राष्ट्रिय स्वाधीनता माथि हस्तक्षेप हुने गरि एमसीसी परियोजना नेपालको संसदबाट पास गराउन दबाब दिन सुमार नेपाल आउन लागेकी हुन सक्ने अनुमान गरिएको छ ।

उक्त सम्झौताले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने खतराका साथै एमसीसी परियोजनामा उल्लेख भएका धाराहरु र इण्डाे-प्यासिफिक स्ट्राटेजी जस्तो सैन्य अभ्यास नेपालको सार्वभौमिकता र अखण्डताको प्रतिकुल देखिन्छ त्यसैले यसको चौतर्फी रुपमा बहुसंख्यक जनताले खारेजीको माग गरिरहेका छन ।

You might also like
Loading...