राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध २२ गते संयुक्त विरोध प्रदर्शन हुँदै

0 448

रुपन्देही । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)सहितको २२ दलीय संगठनले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध २२ गते संयुक्त विरोध कार्यक्रम गर्ने भएको छ ।

उक्त विरोध कार्यक्रम बुटवलको जेसिज चोकमा गर्ने जनाइएको छ । साथै विरोध कार्यक्रम देशैभरि गर्ने बताइएको छ । सो कार्यक्रम सार्वभौम सत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ भन्ने उदेश्यका साथ गरिने भएको ह‍ो। देशभक्त एवम् क्रान्तिकारीहरुको निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसदबाट पारित हुन नसकेको र खारेजी नै हुनुपर्ने माग रहेको छ ।

एमसीसी पारित गर्नका लागि दबाव सिर्जना गर्न उक्त परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको लस्कर नेपाल भ्रमणमा आउन लागेको छ। उक्त राष्ट्रिय हितविपरित हुने भ्रमणको विरुद्ध २२ राजनीतिक सङ्गठनहरुले विरोध प्रदर्शन गर्ने भएकाछन।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) , नेपाल कम्युनिस्ट पार्टी,  राष्ट्रिय जनमोर्चा ,  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान,  नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन्  ।

You might also like
Loading...