एम.सी.सी. विरुद्ध क्रान्तिकारी माओवादीसहित २२ संगठनद्वारा बर्दिया र बुटवलमा प्रदर्शन

0 716

रुपन्देही । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) सहित २२ दलीय मोर्चा अन्तर्गतको १० दलीय संयुक्त मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको विरोध जुलुस सहित विरोध सभा  सम्पन्न गरेका छन ।

बुटवलकाे पुष्पलाल पार्कदेखि शुरु भएकाे र्याली एमसिसि खारेज गर ! वैदेशिक हस्ताक्षेप बन्द गर !! अमेरिकी साम्राज्यवाद मुर्दावाद लगाएतका नाराजुलुस लगाउदै बुटवलको ट्राफिकचाेकमा काेणसभामा परिणत भयाे 

उक्त कार्यक्रममा सम्बोधन नेकपा (क्रान्तिकारी माअोवादीका) पिविएम एवम लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसि, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्की, राष्ट्रिय जागरण परिषद, नेपालका चित्र बहादुर थापा, विवेकशील साझा पार्टीकी किरण शर्मा पाण्डे , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका लक्ष्छुराम विश्वकर्माले गर्नु भएको थियो । सो कार्यक्रम नेकपाका खाेमा तरामु मगरकाे सञ्चालन र नेकपा (माले) का गाेपालमणि गाैतमकाे अध्यक्षतामा सम्पन्न भयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै  भुपेन्द्र न्यौपानेले भन्नुभयो-“जनस्तरको संघर्ष बाटै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिन्छ ।” साथै अमेरिका र भारतको योजना इण्डाे-प्यासिफिक स्ट्राटेजीबाट जसरी अगाडि आएको छ यो नेपालको राष्ट्रियता,राष्टिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता माथिको गम्भीर खतरा हो । यसको विरुद्धमा देशभक्त, क्रान्तिकारी र आम नागरिकहरु एकता बद्द भएरआउनु पर्ने कुरा आजको राष्ट्रिय वस्तुगत आवश्यकता भएको न्यौपानेले ठोकुवा गर्नुभयो ।

त्यसैगरी  चित्र बहादुर केसीले केपी शर्मा वली र शेरबहादुर देउवाले गरेका राष्टघातका विरुद्धमा आफुहरु निरन्तर संघर्ष गरिरहेको बताए । साथै साम्राज्यवादी शक्ति केन्द्रको हस्तक्षेपका विरुद्ध नलडी राष्ट्रिय रुपमा स्वाधीन हुन सक्दैनौं भन्ने विचार राख्नु भयो ।

बर्दिया अपडेड:-
त्यसैगरी बर्दियाको सदरमुकाम गुलरियामा पनि राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध बिरोध प्रदर्शन भएको थियोे । उक्त कार्यक्रमलाई जिल्ला सचिव विपिन रोकाय र पार्टीका केन्द्रीय सदस्य तथा बाँके -बर्दिया इन्चार्ज तेजविक्रम शाही सम्बोधन गर्नु भएको थियो ।

शाहीले सार्वभौम सत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नु पर्ने बताउनु भयो ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) , नेपाल कम्युनिस्ट पार्टी,  राष्ट्रिय जनमोर्चा ,  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान,  नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन्  ।

You might also like
Loading...