बर्दघाटमा एम.सी.सी. विरुद्ध कालो झण्डा सहित प्रदर्शन

0 187

नवलपरासी । नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध बर्दघाटमा कालो झन्डा सहित प्रदर्शन गरेको छ ।

बर्दघाटको शान्तिनगरचोकबाट कालोझन्डा प्रदर्शन सहित निस्किएको र्याली चिसापानी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । एमसिसि खारेज गर ! वैदेशिक हस्ताक्षेप बन्द गर !! लगायतका नाराबाजी गर्दै निकालिएको जुलुस पछिको कोणसभामा बोल्ने बक्ताहरुले एमसिसि रास्ट्र बिरोधी रहेको बताएका थिए ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य चुडामणि भण्डारीले वैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता रामचन्द्र पोखरेलको संचालनमा भएको थियो । क्रान्तिकारी माओवादिले एम सि सिको विरुद्ध चरण बद्द आन्दोलन गर्ने जनाएको छ ।

You might also like
Loading...