राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्धमा २२ दलीय मोर्चाद्वारा निरन्तर सडक संघर्ष
बुटवल । आज राष्ट्रघाती एमसीस सम्झौताका विरुद्धमा २२ दलीय संयुक्त मोर्चा अन्तर्गतको संघर्ष समितिको आयोजनामा कोण सभा सम्पन्न भएको छ ।
सभाको संचालन नेकपा ( क्रान्तिकारी माओवादी ) का लुम्बिनी प्रदेशका सदस्य राजु भुजेलले गर्नु भएको थियो । उक्त कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) का पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेले सम्बोधन गर्नु भयो ।
उहाँले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विश्व इतिहासमा साना र कम्मजोर राष्ट्रहरुले पनि शक्तिशाली साम्राज्यहरुलाई ढालेर आफ्नो देश , राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सफल भएका छ्न ।
उदाहरणको निमित्त भियतनाम र हालै अफ्गानस्तानबाट अमेरिकी साम्राज्यवाद लखेटिएको छ । यतिमात्र हैन विश्व थुप्रै मुलुकहरुले अमेरिकालाई खेदै आएका छन । त्यसकारण अमेरिका आक्रमक बनेको छ । यो पुँजीवादको मरणासन्न अवस्थाको प्रक्रियामा जन्मेको साम्राज्यवाद हो । यसको मृत्यु निकट समयमै हुनेछ र यसको मलामी सर्वहारा वर्ग हुने कुरा पनि ठाेकुवा गर्नु भयो ।
साथै आज हाम्रो मुलकलाई रणमैदान बनाउदै स्रोत र साधन कब्जा गरि चाइना लाई घेर्न तथा आक्रमण गर्ने सामरिक रणनीतिका साथ इण्डाे-प्यासिफिक स्ट्राटेजी ( हिन्द प्रशान्त रणनीति ) को एउटा अंग एमसीसी मार्फत विकासको कुरा गरेर जनतालाई भ्रमित तुल्याउँदै आफ्नो अभिष्ट पुरा गर्ने दाउपेचमा लागेको छ । यो बेला अमेरिकी साम्राज्यवादलाई कागजी बाघको रुपमा सावित गर्नको लागि हामी सबै देशभक्त , क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध हुनुपर्छ र यो एकताले मात्र सम्भव छ ।
यो आजको वस्तुगत स्थितिले राष्ट्रिय आवस्यकताको विषय बन्न गएको कुरा पनि पुष्टि गर्नु भयो । जनस्तरकै संघर्षद्वारा नै एमसीसी सम्झौता खारेज गरी देशलाई स्वाधीन र स्वतन्त्र बनाउन सकिने भएकोले सम्पूर्ण देशभक्त , क्रान्तिकारी र राष्ट्रप्रेमीलाई यस राष्ट्रिय मुक्ति संघर्षमा सक्रिय सहभागी हुन समेत अपिल गर्नु भयो ।
उक्त विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चाका तान बहादुर केसी , नेकपाका बिरेन्द्र बिक , राष्ट्रिय जागरणका चित्र बहादुर थापा र राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका पदम कार्कीले पनि सम्बोधन गर्नु भएको थियो ।