बर्दियामा क्रान्तिकारी माओवादीको बैठक सम्पन्न: एमसीसी सम्झौता विरुद्ध कोण सभा

0 411

बर्दिया । मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओबादी) बर्दिया जिल्ला समितिको बैठक सम्पन्न भएको छ।

उक्त बैठकले पार्टीको राजनैतिक बैचारिक; सम्पर्क ; संगठन र सङघर्स ( रा.स.स.स) डेढ महिने अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ।

त्यसैगरी त्यस बैठकको अध्यक्षता पार्टीका जिल्ला सचिव विपिनले गर्नुभएको थियो । प्रमुख अतिथि पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने र अतिथि पार्टीका केन्द्रीय सदस्य एवं बाँके-बर्दिया इन्चार्ज तेजबिक्रम शाही रहनुभएको थियो ।

शनिबार गुलरियामा सम्पन्न उक्त बैठक पश्चात् खैरापुरमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध कोण सभा गरेको छ । सो कोणसभालाई पार्टीका लुम्बिनी प्रदेश सदस्य विशालले सम्बोधन गर्नु भएको थियो ।

You might also like
Loading...