दाङमा नेकपा(क्रान्तिकारी माआेवादी)को जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

0 481

दाङ्ग । आज नेकपा(क्रान्तिकारी माआेवादी) दाङ्ग जिल्ला पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दाङ्ग जिल्लाको पार्टी सचिव परिवर्तनको अध्यक्षता रहेको कार्यक्रमको संचालन प्रदेश सदस्य नविनले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सदस्य शिशिरले राख्नु भयो । पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपाने कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो भने पार्टी केन्द्रीय सदस्य एवं दाङ्ग जिल्ला इन्चार्ज समीर पनि अतिथि एवं प्रशिक्षकको रुपमा रहनु भएको थियो ।

प्रमुख प्रशिक्षक न्यौपानेले पार्टीका कार्यदिशा , नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक घटनाक्रम तथा माथिको योजनाको भाव सम्प्रेषण गर्दै प्रदेशमा `राससस ´अभियानलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिनु भएको थियो ।

साथै अर्का प्रशिक्षक तथा दाङ्ग जिल्लाका इन्चार्ज समीरले पार्टी विधान , अनुशासन र व्यवहारिक विषयमा प्रशिक्षण दिनु भयो । अन्तमा कार्यक्रमका अध्यक्ष एवं जिल्ला सचिव परिवर्तनले अभियानको योजना प्रस्तुत गर्दै कार्यान्वयनमा जुट्नु पर्ने कुरा औल्याउँनु भयो ।

You might also like
Loading...