नेकपा (क्रान्तिकारी माओवादी)द्वारा महासचिव किरणकाे अन्तर्वार्ताकाे भ्रामक प्रचारको खण्डन

"राष्ट्रिय स्वाधीनताकाे आन्दाेलनबाट विक्षिप्त दलालहरुकाे पराजित मानसिकताकाे उपज" !

0 358

काठमाडौं । यही असोज १५ गते नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव एक टेलिभिजनलाई दिएकाे अन्तर्वार्तालाई लिएर कतिपय सञ्चार माध्यमहरुले नेकपा (क्रान्तिकारी माओवादी) राजतन्त्र व्युँताउन लागि परेको भन्ने सम्मका लाञ्छनाकाे कडा प्रतिवाद गर्दै साे पार्टीले भ्रामक प्रचारकाे खण्डन गरेकाे छ ।

यस्ताे लाञ्छना र भ्रामक प्रचारलाई क्रान्तिकारी माओवादीले एमसीसीको विरोध, भारतीय विस्तारवादी शासकवर्गले अतिक्रमण गरेको लिपुलेक, कालापानी तथा लिम्पियाधुरा क्षेत्र नेपाललाई फिर्ता लगायतका राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयहरुमा केन्द्रित रही पार्टीले नेतृत्व गर्दै आएको देशभक्तिपूर्ण आन्दोलनबाट विक्षिप्त भएका अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरुको पराजित मानसिकताबाट उब्जिएको आक्रोशको अभिव्यक्ति भएकाे बताएकाे छ ।

पार्टीका प्रवक्ता प्रतीकले आज एक प्रेस वक्तव्य जारी गर्दै भ्रामक प्रचारकाे खण्डन तथा सशक्त प्रतिवाद गर्नुभएकाे हाे ।

उक्त पार्टी दलालहरुको अभीष्ट पुरागर्ने उद्देश्यले गरिएको यस्तो भ्रामक प्रचारवाजीको पूर्ण खण्डन गर्दछ र आम सञ्चार माध्यमलाई देशको भौगोलिक अखण्डता, सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएर समाचार संप्रेषण गर्न विशेष अनुरोध गर्दछ ।”

वक्तव्यमा निहित उद्देश्यबाट प्रेरित भएर प्रचारप्रसार गरिएका गलत समाचारबाट होइन उक्त टिभी अन्तवार्ता प्रत्यक्ष रुपमा सुनी–बुझी पार्टी र महासचिव कमरेड किरणप्रति धारणा बनाउन समेत आम नेपाली जनतालाई विशेष अनुरोध गरिएकाे छ ।

You might also like
Loading...