देशभर अविरल वर्षा: नदी तटीय तथा डुबान क्षेत्रमा सतर्कता अपनाउन चेतावनी

0 316

बर्दिया । निरन्तर तीन दिन देखि देशभर आईरहेको बर्षाका कारण नदी तटीय तथा डुबान क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ ।

त्यसैगरी कैलाली स्थित कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको हुँदा कर्णाली नदी तटीय क्षेत्र र डुबान भईरहने होचा भूभागमा रहनु हुने मानिसहरूले आज राती सम्मै उच्च सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

You might also like
Loading...