बर्दियाको सदरमुकाम जोड्ने बुढीखोला पुल उच्च जोखिममा: सम्बन्धित निकाय मौन

0 572

बर्दिया । बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित हुलाकी मार्ग अन्तरगत पर्ने बुढीखोला पुलसँग जोडिएको सडक निर्माण भएको केही समयमै भासिएको छ। उक्त पुलको दुबै भागमा सडक भत्किएकोले सो पुल उच्च जोखिममा रहेको पाइन्छ ।

निर्माण कम्पनीले गुणस्तरहिन काम गरेको कारण सडक निर्माण भएको छोटो अवधिमै उक्त सडक भासिएको हो ? उक्त पुल ४१.२० मिटर लम्बाईको छ।

स्थानीयले सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको कारण सडक गुणस्तरहिन भएको र बर्षौ पछि निर्माण भएको पुल उच्च जोखिममा रहेको छ।

निर्माण भएको वर्षदिन नबित्दै कालोपत्रे भत्किन थाल्यो, सडक बीच बीचमा भासिन थालेको र खाल्टो बन्न लागेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

You might also like
Loading...