क्रान्तिकारी माअाेवादी र जनजाति महासंघद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

0 372

बुटवल । काेराेना महामारीकाे चपेटामा परी गत वैशाख ३० गते मृत्य हुन पुगेका अखिल नेपाल अादिवासी जनजाति महासंघका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश संयाेजक तथा नेकपा (क्रान्तिकारी माअाेवादी) रुपन्देहीका सदस्य सामाजिक व्यक्तित्व क. दल बहादुर छन्त्याल प्रति आज श्रद्धाञ्जली अर्पण गरिएको छ।

नेकपा (क्रान्तिकारी माअाेवादी)का पाेलिट व्यूराे सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज क. प्रेम सुवेदीले क. दल बहादुर छन्त्यालकाे मृत्युले पार्टी र समाजमा अपुरणिय क्षति भएकाे बताउनु भयाे ।

सुवेदिले अगाडि थप्दै भन्नू भयाे पार्टीको एक इमानदार र बफादार कार्यकर्ता गुमाउनु पर्दा मर्माहत बनाएकाे भन्दै शाेकमग्न परिवारमा समवेदना प्रकट गर्नु भयाे ।

त्यसैगरी अखिल नेपाल अादिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष प्रा. डा. अाेम गुरुङले अादिवासी जनजाति अान्दोलनका सहयात्री गुमाउनु पर्दा आन्दोलनलाई ठूलाे क्षति भएकाे बताउनु भयाे ।

श्रद्धाञ्जली सभालाई नेकपा (क्रान्तिकारी माअाेवादी)का सैनामैना नगर सचिव क. एकदेव पाैडेल, मृतक परिवारकाे तर्फबाट क. बम बहादुर छन्त्यालले श्रद्धाञ्जली मन्तव्य दिनुभएको थियाे । कार्यक्रम राम प्रसाद पाेख्रेलकाे अध्यक्षता र राजु भुजेलकाे सञ्चालनमा सम्पन्न भएकाे थियो ।

You might also like
Loading...