ब्रेकिङ खबर: सिंहदरबारमा कस्ले चलायो गोली ?

0 566

काठमाडौं । सिंहदरबार परिसरमा गोली चलेको छ। आज सिंहदरबारमा राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।  दाहालका पीएसओ भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किएको थियो ।

प्रहरीले मानवीय त्रुटिका कारण यसरी गोली चलेको बताएको छ । महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार पेस्तोलबाट गोली चलेपनि भित्तामा लागेकाले कुनै मानवीय क्षति नभएको बताएको छ ।

You might also like
Loading...