नेता गजुरेल अस्वस्थ पश्चात् अस्पताल भर्ना: स्वास्थ्यमा क्रमिक सुधार

0 351

बर्दिया । नेकपा(क्रान्तिकारी माअोवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष कमरेड सीपी गजुरेल”गौरव” आज बिहान अचानक बेहोस भई सिभिल अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा उपचार पश्चात् उहाँको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको कुरा जानकारी आएको छ।

यतिबेला गजुरेलका आफन्त,पार्टी पंक्ति तथा साथीहरू उहाँको शीघ्र-स्वास्थ्य लाभको कामना गरिरहेका छन। उहाँ आफ्नै निवासमा सोमबार बिहान बेहोस भई लड्नु भएको हो। उहाँ बेहोस भएपछि उपचारको लागि तुरुन्त सिभिल अस्पताल लगियो र अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएको कुरा आफन्तहरुले जनपथ खबरलाई बताएका छन। साथै ,जनपथ खबर उहाँको शीघ्र-स्वास्थ्य लाभको कामना गर्दछ।

You might also like
Loading...