ठाकुरबाबा नगरपालिका ४ नम्बर वडा कार्यालयद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सिरक वितरण

0 323

बर्दिया । बर्दिया जिल्ला अन्तरगत पर्ने ठाकुरबाबा नगरपालिका ४ नम्बर वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई फाइबर सिरक वितरण गरेको छ।

जाडो मौसम सुरु हुन लागे लगत्तै वडाले यस्तो कार्यक्रम गर्नु सकारात्मक भएको स्थानीय बताउँछन् । चार नम्बर वडा कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरेर वडा स्तरीय योजना अपाङ्ग सहयोग अन्तरगत उक्त कार्यक्रम गरेको हो ।

चार नम्बर वडा भित्र बसोबास गरिरहेका अपाङ्ग श्रेणी क्रमशः क,ख,ग,घ अन्तरगत पर्ने सबै व्यक्तिहरुलाई फाइबर सिरक वितरण गरेको वडा अध्यक्ष शेर बहादुर थारुले जनपथ खबरलाई बताउनुभयो ।साथै, आज सम्पन्न भएको उक्त कार्यक्रमबाट करिब साठ्ठी जना अपाङ्ग व्यक्तिहरुलाई सिरक वितरण गरेको उहाँले जानकारी दिनु भयो ।

You might also like
Loading...