पेट्रोलियम पदार्थको मूल्य बृद्धि:तत्काल फिर्ता लिन अखिल (क्रान्तिकारी)द्धारा चेतावनी

0 710

बर्दिया। देउवा सरकारले फेरि खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। सरकारको उक्त कदमका बिरुद्ध बिभिन्न संघ–संगठनहरुले विरोध जनाएका छन ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । साथै खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ७५ रुपैयाँले बढाएको छ । अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ र एलपी ग्यास प्रति सिलिन्डर १५ सय ७५ रुपैयाँ पुर्याइएको छ ।

                                                                                                                                                                                                                             विज्ञापन

यसै सन्दर्भमा बिहीबार अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा जारी विज्ञप्तिमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ । अन्यथा, अखिल (क्रान्तिकारी) ले सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

You might also like
Loading...