अब दलाल संसदीय ब्यवस्थाको बिकल्प खोज्नुपर्छ

0 247

नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी)का युवा नेता रवि पाण्डेयले पटक पटक पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि गरिनु संसदीय ब्यवस्थाकै असफलता रहेको बताउनुभएको छ । पेट्रोल र ग्यासमा अचाक्ली मुल्य बृद्धि गरिएको छ । जुन सुकै सरकार आएपनि रबैया उही छ । जनता यो ब्यवस्थाबाट प्रताडित छन् – नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीले बर्दघाट –९ भुताहामा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – अब दलाल संसदीय ब्यवस्थाको बिकल्प खोज्नुपर्छ ।

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक समेत रहेका पाण्डेयले पेट्रोल र ग्यासमा गरिएको मूल्य वृद्धिफिर्ता लिन हुने सरकार सङ्ग माग गर्नुभयो । आयल निगमका कर्मचारी तथा ब्यवस्थापनलाई कमिशन र भत्ता खुवाउन पेट्रोल र ग्यासमा मूल्य वृद्धि गरिएको उल्लेख गर्दै पाण्डेयले त्यसको प्रत्यक्ष असर जनजिबिकामा परेको बताउनुभयो ।

’आयल निगममा हुने अनियमिता हटाए मूल्य बढाउनु पर्दैन’ – उहाँले भन्नुभयो– दलाल सरकारको ध्यान त्यता तिर जादैन । हरेक क्षेत्रमा संसदीय ब्यवस्था असफल सिद्ध भइरहेको सन्र्दभमा राख्दै युवा नेता पाण्डेयले भारतलाई सस्तोमा बिजुली बेच्ने सरकारले आफ्नै नागरिकसंग झण्डै तीन गुणा बढी लिने गरेको तथ्य राख्नुभयो । अहिले हामीले औसत नौ दश रुपैया प्रतियुनिट बिजुली पाइएको छ – उहाँले भन्नुभयो – उता भारतलाई ४ रुपैया प्रतियुनिट बिजुली बेच्न सरकार तरखरमा छ । उर्जामा मुलुक आत्मनिर्भर भएको सस्तो प्रचारबाजी गर्नु भन्दा बिद्युतबाट चल्ने सवारी साधन र बिद्युतीय चुल्होमा समेत बिशेष अनुदान दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रम सो पार्टीका जिल्ला सेक्रेटरी छबिलाल खरेलको नेतृत्व र बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोख्रेलको संचालनमा भएको नगर सेक्रेटरी चुडामणि भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा पेट्रोलियम पद्धार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर । भष्ट्रचारको अन्त्य गर लगायतका नाराबाजी गरिएको थियो ।

You might also like
Loading...