बर्दियामा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको विरुद्ध बिरोध कार्यक्रम

मूल्यबृद्धि अविलम्ब फिर्ता गर्न माग

0 506

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) को आयोजनामा आज बर्दिया जिल्लाको गुलरिया नगरपालिका स्थित राधाकृष्ण चोकमा पेट्रोलियम पदार्थ लगाएतका वस्तुमा मूल्यबृद्धि गरेको विरुद्ध बिरोध कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको संचालन जिल्ला पार्टी सचिव कमरेड बिपीनले गर्नु भएको थियो । कार्यक्रमको सम्बोधन पार्टीका पिवीएम तथा लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपानेले गर्नु भयो ।

साथै , सम्बोधनको क्रममा नेता न्यौपानेले कठपुतली देवा सकारद्वारा पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तुमा गरिएको मुल्यवृद्धि जनघातको ज्वलन्त उदाहरण हो । साथै , यो विषय मूल्यवृद्धि संग मात्रै जोडिएको होइन । यो त राज्यसत्ता र व्यवस्था संग जोडिएको प्रश्न हो । राज्यसत्ता र संसदीय व्यवस्था भित्र उत्पन्न संकट र असफलताकै परिणाम हो भन्ने कुरा ठोकुवा गर्नु भयो । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग राख्नु भयो। अन्यथा, क्रान्तिकारी माओवादीले सशक्त संघर्ष गर्ने चेतावनी दिनुभयो ।

You might also like
Loading...