पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा राष्ट्रिघाती एमसीसीका विरुद्धमा विरोध कार्यक्रम
रुपन्देही । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा आज पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुमा गरिएको मूल्यवृद्धि तथा राष्ट्रिघाती एमसीसीका विरुद्धमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।
उक्त विरोध कार्यक्रमलाई नेकपा ( क्रान्तिकारी माओवादी ) का पिवीएम एवं लुम्बिनी प्रदेशका इन्चार्ज प्रेम सुवेदी र राष्ट्रिय मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष टिपु सुल्तानले सम्बोधन गर्नु भएको थियो । त्यस कार्यक्रमको संचालन राजु भुजेलले गर्नु भएको थियो ।
सो कार्यक्रम भैरहवाको बुद्ध चोकमा भएको जानकारी पार्टि निकट स्रोतले जनपथ खबरलाई बताएको छ । सम्बोधनको क्रममा इन्चार्ज सुवेदीले पेट्रोलियम पदार्थ लगाएतका वस्तुहरुमा भएको मूल्यवृद्धि फिर्ता लगेर साविकको मूल्य कायम गर्न जोडदार माग गरेको बताउनु भयो ।
साथै उहाँले यदि राज्यले सुनेन भने यो सरकारका विरुद्धमा जनतालाई साथमा लिएर कुनै पनि संघर्ष गर्न आफुहरु बाध्य हुने कुरा बताउनु भयो ।