क्रान्तिकारी माओवादीद्धारा राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध विरोध प्रदर्शन

0 240

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल र जबस माेर्चाकाे संयुक्त आयाेजनामा विराेध प्रदर्शन गरिएकाे छ । राष्ट्रघाती एमसीसी सम्झाैता खारेज गराै भन्दै माइतीघर मण्डलामा विराेध प्रदर्शन गरिएकाे हाे ।

विराेध प्रदर्शनसँगै आयाेजना गरिएकाे विराेध सभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका महासचिव परि थापा, अनेमसंघ (क्रान्तिकारी)कि महासचिव शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बाेगटीलगायतका नेताहरुले विराेध मन्तव्य राख्नु भएकाे थियाे ।

विराेध सभाकाे सञ्चालन देजमाेका ३ नं प्रदेश अध्यक्ष पवनमा श्रेष्ठले गर्नुभएकाे थियाे । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा रहेको र राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पास गराउने षड्यन्त्र भइरहेको विराेधमा क्रान्तिकारी माओवादीले प्रदर्शन गरेकाे हाे ।

क्रान्तिकारी माओवादीकै आयाेजनामा अाजै अमेरिकी दुताबास अगाडि गरिएकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । र, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमिर महर्जनसहित १० जना नेता कार्यकर्तालाई पक्राउ गरेकाे छ ।

फोटोफिचर:

You might also like
Loading...