राष्ट्रघाती एमसीसी र महंगीका विरुद्ध धर्ना कार्यक्रम

0 282

दाङ्ग । आज दाङ्ग जिल्ला प्रशासनको कार्यालयमा राष्ट्रघाती एमसीसी र महंगीका विरुद्ध नेकपा ( क्रान्तिकारी माओवादी ) धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त धर्ना कार्यक्रमको सम्बोधन पार्टीका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज कमरेड समीर केसीले गर्नु भयो । साथै , कार्यक्रमको संचालन जिल्ला पार्टी सचिव कमरेड परिवर्तनले गर्नु भएको थियो ।

एमसीसी परियोजना इस्ट इन्डिया कम्पनीजस्तै हिन्द प्रशान्त सैन्य रणनीति अन्तरगत नै भएको र नेपाललाई प्रयोग गरेर अमेरिकाले चीन र अन्य देशहरूलाई निसानामा राख्ने योजना बनाएको हुँदा राष्ट्रिय स्वाधिनताको लागि सम्पूर्ण देशभक्तहरू एक भएर लड्नु पर्ने वक्ताहरुको भनाइ रहेको थियोे ।

You might also like
Loading...