औराही खोलाको पुल जोखिममा: सरोकारवाला मौन

0 814

बर्दिया । बर्दिया जिल्लाको ठाकुरद्धारा र सूर्यपटुवा क्षेत्रलाई हुलाकी राजमार्गसँग जोड्ने औराही खोलामा बनेको पुल जोखिममा परेको छ । मधुवन नगरपालिका वडा नम्बर १ स्थित डल्ला गाउँ र अम्मरपुर गाउँलाई जोडने उक्त पुलबाट सवारी साधन आवत–जावत गर्न निकै जोखिम रहेको छ ।

करिब ३/४ बर्ष पहिले बनेको उक्त पुल प्राबिधिकको त्रुटी र सरोकारवालाको लापरबाहीले गर्दा पुलको पश्चिमपट्टिको किनारमा नदीले कटान गरेपछि बाटो नै भासिएर पुल जोखिममा परेको हो । तटीय भागतर्फ पिल्लर नभएको हुँदा खोलाले धार परिवर्तन गरेकोले पुल धरापमा परेको स्थानीयहरु बताउँछन ।

बर्षाको समयमा आएको बाढीले पुलमा भ्वाङ पारेकोमा टालटुल पारिएको छ । उक्त जीर्ण अवस्थामा रहेको पुलको दिर्घकालिन समस्याको समाधानका लागि स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रीय सरकार कसैले पनि पहल गरेको छैन । साथै,सो पुल निर्माण गर्ने कम्पनी एवं ठेकेदार कसैलाई पनि कानुनी कारबाही गरिएको छैन ।

ठाकुरद्धारा एवं सूयपटुवा क्षेत्रका बासिन्दालाई सो पुलबाट आवागमन असहज हुने भएको छ । त्यहाँका स्थानीयलाई उपचारका लागि सदरमुकाम गुलरिया जान पनि निकै कठिन हुने देखिन्छ । यस क्षेत्रमा उक्त पुल बन्नु अगाडि स्थानीयहरु झुलुङ्रगे पुलबाट आवत–जावत गर्दथे ।

You might also like
Loading...