क्रान्तिकारी युवा लिग, नेपाल र अनेम संघ ( क्रान्तिकारी )को संगठन विस्तार

0 222

दाङ । नेकपा (क्रान्तिकारी माओवादी ) निकट क्रान्तिकारी युवा लिग, नेपालले दाङ जिल्लामा संगठन विस्तार गरेको छ । आज तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ अन्तर्गत स्यालापानी टोलमा क्रान्तिकारी युवा लिगद्वारा इकाई कमिटी गठन भएको हो। प्रेम गुरुङको संयोजकत्वमा गिता गुरुङ र खिमबहादुर सुनार रहनु भएको छ ।

साथै , संगठन निर्माणको क्रममा किसान नेता प्रेमबहादुर थापा , विद्यार्थी नेता मनोज थापा र नेता नन्दराम रोकायाले प्रशिक्षण दिनु भएको थियो । स्थानीय युवा , किसान तथा मजदुरहरुले हामी भ्रममा रहेकोले अन्य पार्टीमा फसेको र अब क्रान्तिकारी सच्चा कम्युनिस्ट पार्टीसंग सम्पर्क भएकोले अब हामी यहीँ पार्टी प्रतिबद्ध रहेर काम गर्ने बताए ।

साथै, सोही ठाउँमा नेकपा (क्रान्तिकारी माओवादी ) निकट अनेम संघ ( क्रान्तिकारी )ले पनि इकाई कमिटी निर्माण गरेको जनाएको छ । उक्त कमिटी कमरेड तुलसी विकको संयोजकत्वमा इप्सिरा सुनार र गिता गुरुङ रहनु भएको छ ।

You might also like
Loading...