बैकिङ कसुरका फरार पक्राउ

0 295

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–१० घर भई ललितपुरको सानागाउँका बैकिङ कसुरमा दोषी ठहर भई फरार दुर्गा शाही सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । फरार सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासमा परिचालित टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको वि.सं २०७७ मङ्सिर १६ को आदेशले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र रु १३ लाख ६५ हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । सापकोटाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो ।

You might also like
Loading...