कैलालीमा सवारी दुर्घटनाबाट महिलाको मृत्यु: स्थानीयद्धारा ट्रकमा आगजनी

0 250

कैलाली । कैलाली जिल्लाको लम्किचुहा नगरपालिकाको लम्कि बजारमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । अन्दाजी चालिस बर्षिय उक्त मृतक महिलाको पहिचान भने खुल्न नसकेको प्रहरीले जनपथ खबरलाई बताएको छ ।

स्थानीयका अनुसार उहाँ टिकापुरको बासिन्दा रहेको खुल्न आएको छ । उक्त ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । सो घटनापछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन । यस घटनाको थप विवरणबारे अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ । यतिवेला लम्किको अवस्था तनावग्रस्त छ ।

You might also like
Loading...