कैलाली अपडेट: ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुल्यो

0 285

कैलाली । कैलाली जिल्लाको लम्किचुहा नगरपालिकामा एक जना महिलाको ज्यान गएको छ । आज दिउँसो करिव १२ बजेतिर लम्कि बजारमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट उहाँको मृत्यु भएको हो । टिकापुर नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी चालिस बर्षिय गोमा थापाको आफन्तहरुले सनाखत गरिसकेको प्रहरीले जनपथ खबरलाई बताएको छ । उहाँका आफन्तहरुले उचित क्षेतीपूर्ति नभए सम्म शव नबुझ्ने अडान लिएका छन ।

उक्त ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । सो घटनापछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन । ट्रक पूर्णरुपले क्षेती भइसकेको छ । सो ट्रकका मालिक प्रहरीको फोन सम्पर्क रहेको कुरा प्रहरीले जनाएको छ । स्थानीयले सडकमा प्रदर्शन गर्न थालेपछि उक्त आन्दोलनलाई नियन्त्र गर्नका लागि प्रहरीले हवाई फाएर गरेको थियो । राज्यको गम्भिर लापरबाहीकै कारण मानिसहरु दुर्घटनामा परी ज्यान गुमाउनु परेको कुरा स्थानीयहरुले बताएका छन ।

You might also like
Loading...