दाङमा धमाधम क्रान्तिकारी माओवादी निकट संगठन विस्तार हुँदै

0 331

दाङ । आईतबार दाङ जिल्लाको गढवा वार्ड नं. ५ प्रगति वस्तिमा नेकपा (क्रान्तिकारी माओवादी ) निकट सुकुम्बासी संगठन , अनेम संघ (क्रान्तिकारी ) र किसान महासंघका इकाई कमिटी निर्माण भएका छन ।

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ प्रगति वस्तिमा टोल कमिटी कमरेड शालिकराम यादवको संयोजकत्वमा १५ सदस्यीय गठन गरेको छ । साथै , अनेम संघ (क्रान्तिकारी)को टोल स्तरीय कमिटी कमरेड राजमती रैदासको संयोजकत्वमा ७ सदस्यीय समिति र अखिल नेपाल किसान संघ (क्रान्तिकारी) को पनि कमरेड लक्ष्मीप्रसाद चौधरीको संयोजकत्वमा ७ सदस्यीय कमिटी निर्माण गरेको कुरा सुत्रले जानकारी गराएको छ ।

संगठन विस्तारको क्रममा एक प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रमको संचालन विद्यार्थी नेताले गर्नु भएको थियो । कार्यक्रममा पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव कमरेड भुपेन्द्र न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।

साथै, किसानका प्रदेश नेता प्रेमबहादुर थापा र सुकुम्बासी संघका प्रदेश नेता कमरेड तिलक विकले पनि प्रशिक्षण मन्तव्य राख्नु भएको कुरा जानकारी प्राप्त भएको छ ।

प्रमुख प्रशिक्षक न्यौपानेले समग्रमा उत्पीडित वर्ग र समुदायका समस्याहरु यहीँ व्यवस्था अन्तर्गत हलहुन नसक्ने कुरा ठोकुवा गर्दै जनताको सत्ता र व्यवस्था प्राप्त गरेर मात्रै समस्या समाधान हुने भएकाले सबै उत्पीडित जनसमुदाय क्रान्तिकारी पार्टी र संगठनमा आवद्ध हुनुपर्ने आवश्यकता औल्याउँदै यतिबेलाको समसामयिक राजनीति विषय र सन्दर्भ जोडेर प्रशिक्षण दिनुभएको थियो ।

You might also like
Loading...