दाङमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0 242

दाङ । सोमबार गढवा गाउँपालिकाको वडा नं. ५ सोनपुरुवागाउँ स्थित गंगा सुकुम्बासी शिविरमा नेकपा (क्रान्तिकारी माओवादी) निकट सुकुम्बासी संघ , अनेम संघ (क्रान्तिकारी) र किसान महासंघको संयुक्त आयोजनामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता कमरेड शालिकराम चौधरीले गर्नुभएको थियो । कार्यक्रमको संचालन सुकुम्बासी महासंघका प्रदेश संयोजक कमरेड तिलक विकले  गर्नु भयो ।

 कार्यक्रमको प्रमुख अतिथि पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपाने रहनुभएको थियो  । साथै ,अतिथि किसानका प्रदेश संयोजक कमरेड प्रेमबहादुर थापा र विद्यार्थीका नेता कमरेड मनोज थापा रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले समसामयिक परिस्थिति र पार्टीको नीति तथा कार्यक्रमको बारेमा प्रशिक्षण दिनुभएको थियो । नयाँ जनवादी क्रान्ति सम्पन्न नगरी किसान , सुकुम्बासी तथा उत्पीडित वर्ग एवं जनसमुदायका समस्याहरु समाधान नहुने कुरा ठोकुवा गर्नु भयो ।

प्रशिक्षण सम्पन्न पश्चात् अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको गंगा शिविरमा कमरेड लिलाराम चौधरीको संयोजकत्वमा १३  सदस्यीय कमिटी निर्माण भएको छ । साथै , अनेम संघ (क्रान्तिकारी ) को  रुपा चौधरीको संयोजकत्वमा ५ सदस्यीय इकाई कमिटी निर्माण भएको छ र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी )को बन्धु चौधरीको संयोजकत्वमा ५ सदस्यीय इकाई कमिटी निर्माण गरेको जानकारी भएको छ ।

You might also like
Loading...