बर्दियामा अवैध लागूऔषधको कारोबार बढ्दै

0 169

बर्दिया । बढैयाताल गाउँपालिका ७ कर्णाली पुलबाट ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ मगर टोल बस्ने २१ वर्षीय बिशाल सिंह ठकुरी र २२ वर्षीय प्रदिप सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी कालिकाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, मधुबन नगरपालिका ५ गाउँ नम्बर ११ खैरेनी सामुदायिक बनबाट १८ ग्राम ७ सय ८० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित भारत बहराईच तहसिल मिपुरुवा थाना सुजौली फकिरपुर पोस्ट ग्रामपंचायत आमाबर्दिया बस्ने २२ वर्षीय रोहित कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like
Loading...