चीनमा नयाँ जनवादी क्रान्ति र त्यसका शिक्षाहरुबारे

0 586

रुसमा समाजवादी क्रान्तिको सफलतापछि पुँजीवादको विकास नै नसकेको पूर्वीय मुलुकहरुमा क्रान्तिको कार्यदिशा कस्तो होला ? त्यसको जवाफ माओले दिनुभयो । अर्धसामन्ती,अर्ध/नव औपनिवेशिक देशमा समाजवादी क्रान्तिलाई दुई चरणमा पुरा गर्न पर्छ भन्ने सिद्धान्तलाई माओले अंगिकार गर्नुभयो । सर्वहारा वर्गले नेतृत्व गरेर पहिले पुँजीवादी – जनवादी क्रान्ति सम्पन्न गर्ने अनि समाजवादी क्रान्तिमा जाने माओले  कृषि प्रधान देशमा शुरु देखि नै सशस्त्र जनयुद्धमा जानु पर्ने छापामार संघर्ष हुँदै अघि बढ्ने दीर्घकालिन जनयुद्धको सामरिक कार्यदिशा हुन पर्ने र यसको राजनीतिक कार्यदिशा नयाँ जनवाद हुने भन्ने नयाँ कार्यदिशा स्थापित गर्नुभयो । माओको नेतृत्वमा गाउँले शहर घेर्ने दीर्घकालिन जनयुद्धको सैन्य रणनीतिको माध्यमबाट १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो यसरी माओले राजनीतिक तथा सामरिक कार्यदिशाका आधारमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवाद–लेनिनवादमा नयाँ आयम थप्नु भयो ।

सन् १९२१ मा स्थापना भएको चीनीया कम्युनिष्ट पार्टीले नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरेर समाजवादको निर्माण काल सम्ममा वैचारिक र राजनीतिक क्षेत्रमा धेरै पेचिलो संघर्षहरु भएका छन् । माओले छन् तु स्युको दक्षिणपन्थी अवसरवाद,लिलि सान् र वाङमिङको वामपन्थी दुस्साहसवाद र उग्रवामपन्थी सोचका विरुद्ध संघर्ष गर्नु भयो ।  सा् १९३५ मा माओको अध्यक्षतामा चुनई बैठक सम्पन्न भयो । यस बैठकले वाम दुस्साहसवादी कार्यदिशालाई खारेज गर्यो । कमिन्टर्नले सुझाएका स्वतन्त्रता कायम गर्दै बैठकले वैचारिक,राजनीतिक,सांगठनिक र फौजी कार्यदिशाको नीति स्पष्ट गर्यो । उत्तर पश्चिम विकट क्षेत्रतिर माओको नेतृत्वमा लम्बे अभियान शुरु भयो ।

वाह्य रुपमा जापान लगायत साम्राज्यवादीको आक्रमण आन्तरिक रुपमा प्रतिक्रियावादी कोमिन्नाङ्संग निर्णयात्मक भिषण लडाईको प्रकृयामा माओले सन् १९४९ मा चीन जस्तो उत्पीडित देशमा सर्वहारा क्रान्ति राजनीतिक चरण नयाँ जनवाद ल्यानु भयो । सन् १९५३ मा पार्टीले समाजवादमा फड्को मार्ने पहल लियो । यद्यपि पार्टी नेतृत्वका कतिपय नेताहरुको विरोध थियो । सन् १९५६ मा भएको पार्टीको आठौँ महाधिवेशनमा माओको समाजवादी कार्यदिशाका विरुद्ध समाजको बढ्दो भौतिक आवश्यकता पुरा गर्ने बहानामा ल्यू शाओ चि को पुँजीवादी कार्यदिशा पारित भयो । माओको उत्पादनका साधन माथि सामुहिक स्वामित्व कायम गरेर चीन समाजवाद निर्माणको बाटोमा अघि बढ्नु पर्छ भन्ने कार्यदिशा अल्पमतमा पर्यो ।

¨बिरालो सेतो वा कालो भएर फरक पर्दैन मुसा मारे हुन्छ¨ भन्ने तेङ् शाओ पिङले बिरालोको सिद्धान्त पेश गरे । पुँजीवाद वा समाजवाद जे भएपनि त्यसले आर्थिक विकास गरे पुग्छ भन्ने उनको मान्यता थियो । माओले यसको कडा ढंगले प्रतिवाद गर्दै सर्वहारा वर्ग वा पुँजीपति वर्ग कसले जित्छ अझै निश्चित नभै सकेकोले समाजवादलाई सवल र सुदृढ गर्न संशोधनवादीहरुका बिरुद्ध वैचारिक संघर्ष चलाई रहनु पर्ने बिषयमा दिशा निर्देश गर्नुभयो । पुँजीवाद र समाजवाद मिलाउनु पर्छ भन्ने ¨दुई एकमा समायोजन¨ को याङ सिउन चेनको दार्शनिक फाँटका मान्यता विरुद्ध माओले घोर दक्षिणपन्थी विचार भनेर त्यसको डटेर विरोध र खण्डन गर्नुभयो । माओले दुईको एकमा संयोजनका विरुद्ध एकको दुईमा विभाजनको मान्यतालाई नयाँ उचाईमा उठाउनु भयो ।

महान् सर्वहारा साँस्कृतिक क्रान्तिको उद्घोष गर्दै सन् १९६६ अगस्त ८ मा माओको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले १६ बुँदे परिपत्र जारी गर्यो । यसले ¨यसले समाजवादी अवधिकर वर्ग संघर्ष जारी रहन्छ¨ सर्वहारा अधिनायकत्व अन्तरगत क्रान्तिलाई जारी राख र ¨बुर्जुवा पुँजीवादी केन्द्रीय अड्डामाथि बम बर्साउ¨भन्ने तीन वटा विषयमा विशेष जोडदियो । बैठकले तेङ शायो पिङलाई सम्पूर्ण जिम्मेवारीबाट हटायो । आठौँ महाधिवेशनको आलोचना गरेको, यो साम्राज्यवादको पूर्ण ध्वम्स र समाजवादको विजयको युग हो भन्ने लिन पियाओले प्रस्तुत गरेको दस्तावेज १९६९ को नवौँ महाधिवेशनले पारित गर्यो । यसले लिन पियाओलाई माओको उत्तराधिकारीको रुपमा अगाडि बढायो । १९७१ मा विमान दुर्घटनामा लिन पियाओको मृत्यु भयो ।

सन् १९७३ को दशौँ महाधिवेशनमा चीनीयाँ कम्युनिष्ट पार्टीका नेता चाउ यन लाईले राजनीतिक प्रतिवेदन पेश गरे । प्रतिवेदनमा लिनपियाओले १९७१ मा ५७१ को प्रोजेक्ट खडा गरेर माओको हत्या गर्ने षड्यन्त्रको पर्दाफास गर्यो । उनको हत्या गर्ने योजना सफल भएन भनि लेखिएको छ । साथै अधिवेशनले लिन पियाओलाई वाम खेलमा लुकेको दक्षिणपन्थी भनेर आलोचना गर्यो । पार्टीका सबै जिम्मेवारीबाट हटाइएका तेङ सियाओ पिङ १९७३ मा पार्टी र सरकारका उच्च पदहरुमा पुनर्वहाली भए । १९७६ सेप्टेम्बर ९मा माओको निधन भयो । तत्कालै तेङले पार्टीको सम्पूर्ण अधिकार आफुमा केन्द्रीत गरे । साँस्कृतिक क्रान्तिका पक्षपाती माओका अनुयायीहरु चियाङ्ग चिङ्ग, चाङ चुङ्ग, वा छुन वेन र याओ वेन युअम कथित चार जनाको गिरोहलाई गिरफ्तार गरेर मृत्युदण््ड,आजिवन काराबास र बीस बर्षको जेल सजाय सुनाइयो । यस प्रकार तेङ सीयआयो पिङका नेतृत्वमा चीनमा संशोधनवादीहरुबाट सत्ता कब्जा भयो । आर्थिक विकास र आधुनिकीकरणको नाममा पुँजीवादको पुनस्र्थापना गरेर चीनमा सर्वहारा वर्गको अधिनायकत्वको स्थानमा बुर्जुवा अधिनायकत्व लागु गरियो । १९७६ मा चीनमा प्रतिक्रान्ति भयो ।

स्टालिनको मृत्यु पछि रुसमा शुश्चोव सत्तामा आए । १९५६ को शोभियत संघको कम्युनिष्ट पार्टीको बिसा महाधिवेशनमा खुश्चोबले संशोधनवादी कार्यदिशा पेस गरे । उनले शान्तिपूर्ण सहअस्तित्व,शान्तिपूर्ण संक्रमण र शान्तिपूर्ण प्रतिस्पधौको संशोधनवादी नीति पेश गरे । माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तको समेत संशोधन गरे । सर्वहारा वर्गको अधिनायकत्व आवश्यक नरहेको दलित पेश गरे । व्यक्तिपुजाको विरोधको नाममा स्टालिनको विरुद्ध गाली गलोजमा लागे । उनले विश्व कम्युनिष्ट आन्दोलनलाई विभाजीत गर्दै संशोधनवादी धाराको नेतृत्व गरे ्। उनलाई आधुनिक संशोधनवादका पिता भनिन्छ । खुश्चोबको नेतृत्वमा आधुनिक संशोधनवादीहरुको सत्ता आफ्नो हातमा लिएपछि रुसमा पुँजीवादको पुनस्थापना भयो । अनि रुस सामाजिक साम्राज्यवादमा पतनमा गयो । यसपछि चिनीयाँ कम्युनिष्ट पार्टीले एउटा ध्रुवको र सोभियत संघको कम्युनिष्ट पार्टीको नेतृत्व अर्को ध्रुवको रुपमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन विभाजित भयो । यसै क्रममा चिनीयाँ कम्युनिष्ट पार्टी र सोभियत संघको कम्युनिष्ट पार्टीकाबीच पेचिलो सैद्धान्तिक बहस भयो– यसैलाई महान बहस भनिन्छ ।

माओले स्टालिनलाई महाने क्रान्तिकारीका रुपमा प्रस्तुत गर्नुभयो साथै स्टालिनका कमि–कमजोरी पनि औल्याउनु भयो । माओले कम्युनिष्ट पार्टी विपरितको एकत्व हो एकमना एकता हुनुपर्दछ भन्ने स्टालिनको सोच अतिभुूतवादी कमजोरीका  रुपमा औंल्याउनु भयो । यस महान् बहसमा युगोस्लाभको नेता टिटोले आधुनिक संशोधनवादको पक्षमा लागे–अल्वानियाका नेता अनवर होक्जाले स्टालिनको समर्थन गरे तर माओ र खुश्चोभ दुवैको विरोध गरे । एकैसाथ स्टालिनको समर्थन र माओको विरोध गर्ने कम्युनिष्टलाई होक्जापन्थी नामले सम्बोधन गरिन्छ । महान् बहसको प्रकृयामा माओको नेतृत्वमा चि.क.पा.ले संशोधनवादका बिरुद्ध संघर्ष गरेर माक्र्सवाद–लेनिनवादको रक्षा र विकास गरेको थियो ।

माओले समाजवादी अवधि भरि वर्गसंघर्ष जारी राख्नु पर्दछ भनि सर्वहारा वर्गको अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभयो । माओले समाजवादी अवधि भरि वर्गसंघर्ष जारी राख्नु पर्दर्छ भनि सर्वहारा वर्गको अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नु भयो । जुन वैज्ञानिक समाजवादको क्षेत्रमा सार्वभौम महत्वको सिद्धान्तको रुपमा ग्रहण गर्नु पर्दछ । माओले संशोधनवादी कार्यदिशाका विरुद्ध कठोर संघर्ष गरेर चिनीयाँ समाजवादको निर्माण र विकास मात्र गर्नु भएन विश्वको सर्वहारा आन्दोलनलाई मार्ग दर्शन प्राप्त भयो । माक्र्सवादका तीन संघटक अंगहरु दर्शन,राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका सबै क्षेत्रमा माओको योगदान सार्वभौम रह्यो । दर्शनको क्षेत्रमा व्यवहार बारे,अन्तरविरोध जनताका बीचको अन्तरविरोधको सहि सञ्चालन,दुई छलाङको सिद्धान्त,सहि विचार कहाँबाट आउँछ जस्ता माओका प्रसिद्ध कृतिहरुको दार्शनिक फाँटमा ठुलो र महत्वपूर्ण योगदान प्रदान गरेका छन । ¨क्रान्तिलाई पक्र उत्पादन बढाऊ¨ ¨लाल रनिपूर्णको मान्यता¨ ¨ कृषिलाई आधारभूत र उद्योगलाई प्रमुख तत्व मान्ने¨ र ¨नोकरशाही पुँजीवाद–प्रतिकृयावादी पुँजीवाद हो भन्ने अठोट  लगाएतका विषयले समाजवादी अर्थतन्त्रलाई समृद्ध बनाउन मदत गरेको छ । माओले ¨बुर्जुवा मुख्यालयमा बम बर्साउ¨ भन्ने निर्देशनले पार्टी भित्र घु्सेर नेतृत्व तह सम्म पुगेका क्रान्ति बिरोधीलाई निकालेर पार्टीलाई शुद्धीकरण गर्ने सर्वहारा अधिनायकत्वलाई हद्रोसंग पकड्ने जनाउँछ । चीनमा पुँजीवादको पुर्नास्थापना रोक्न साँस्कृतिक क्रान्तिको थालनी गर्नुभयो । उपरोक्त योगदानका कारण माक्र्सवाद–लेनिनवादले विश्व सर्वहारा वर्गको निर्देशक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद ग्रहण गरेको छ ।

  • लेखक नेकपा(क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य  हरिभक्त कंडेल ¨प्रतिक¨ हुन ।
You might also like
Loading...