अनेरास्ववियु (क्रान्तिकारी )द्धारा संगठन विस्तार तीब्र

0 361

रुपन्देही । भैरहवामा नेकपा ( क्रान्तिकारी माओवादी ) वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी ) ले संगठन विस्तारको अभियानलाई तीब्र बनाएको छ । आज भैरहवाको भानु माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीको सहभागितामा कलास इकाई गठन गरेको हो ।

त्यसैगरी कक्षा ११ मा अध्ययनरत सुशील लम्गादेको अध्यक्षतामा ११ जनाको कमिटी निर्माण गरिएको छ भने कक्षा १२ मा अध्ययनरत राजकुमार यादवको अध्यक्षता १७ जनाको कमिटी निर्माण गरेको कुरा संगठनका एक नेताले जनपथलाई जानकारी दिएका छन । अनेरास्ववियु (क्रान्तिकारी ) का लुम्बिनी प्रदेश सदस्य मनोज थापाले समसामयिक राजनीतिक विषय र बिद्यार्थीहरुका जल्दाबल्दा समस्याबारे उक्त कार्यक्रममा प्रशिक्षण दिएका थिए ।

You might also like
Loading...