अखिल (क्रान्तिकारी)को संगठन सुदृढिकरण र विस्तार अभियान तीव्र
रुपन्देही । संगठन सुदृढिकरण र विस्तार अभियान अन्तर्गत अनेरास्ववियु (क्रान्तिकारी) ले विभिन्न विद्यालयमा इकाइ कमिटी गठन गर्ने क्रमलाइ निरन्तरता दिएको छ ।
जस अनुसार हिजो भैरहवा नमुना माध्यमिक विद्यालायको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको इकाइ कमिटी गठन गरिएको करा बिद्यार्थी नेताले जनपथ खबरलाई जानकारी दिएका हुन । अखिल क्रान्तिकारिका लुम्बिनी प्रदेश सदस्य मनोज थापाको उपस्थीतीमा उक्त इकाइ कमिटी गठन गरिएको हो ।
सो नवनिर्वाचित कमिटीलाई प्रशिक्षण दिदै थापाले अखिल क्रान्तिकारी सधै विद्यार्थीको हक अधिकारका लागी लड्ने र शैक्षिक गुणस्तरलाइ बृद्धि गर्ने दिशातीर सदैव लाग्ने बताउनुभएको थियो ।