एमसीसीको बिरोधमा भैरहवामा प्रर्दशन (फोटो फिचर )

0 340

भैैरहवा । एमसीसी सम्झौताको खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले भैरहवामा प्रर्दशन गरेको छ । बुधवार बुद्धचोकमा भेला भएका क्रान्तिकारी माओवादी र उक्त पार्टी सम्बद्ध जनबर्गीय संगठनका नेता कार्यकर्ताले नाराजुलुस सहित नगर परिक्रमा गरेका थिए ।

आन्दोलनमा अखिल क्रान्तिकारी आबद्ध बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव भुपेन्द्र न्यौपाने एमसीसी इन्डो प्यासेफिक संैन्य रणनीतिको अंग भएकोले खारेजीको बिकल्प नभएको बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादीनिकट मुष्लिम मोर्चाका नेता टिपु सुल्तान र क्रान्तिकारी युवा लीगका नेता प्रगति रानाले धारणा राख्नुभएको थियो ।

 

You might also like
Loading...