खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई यौन दुर्व्यवहारको आरोप

0 383

बाँके । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ । सोही गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

खजुरा गाउँपालिकामा कार्यरत सबै कर्मचारी यहीँ मंसिर १७ गते वनभोजका लागि कैलाली जिल्ला स्थित टिकापुर गएको वेला सो घटना भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख बसन्त आचार्यले जनपथ खबरलाई बताउनु भयो । उहाँहरु शुक्रबार साँझ गएर शनिबार वनभोज खाएर फर्किने तालिका अनुसार गएका थिए । वेलुकाको खानपिन पश्चात त्यस घटनाको विजारोपण भएको प्रहरीले संकेत गरेको छ ।

सोही बिषयलाई लिएर यहिँ मंसिर २२ गते खजुरा गाउँपालिकाका स्थानीयहरुले गाउँपालिका कार्यालय घेराउ गर्दै नाराजुलुस गरेका थिए । त्यसपछि इप्रका खजुराको प्रहरीले प्रमुख प्रशासनिक अधिकृत र लेखा अधिकृतलाई पक्राउ गरेर इप्रकामा राखेको छ । आचार्यले दुवै पक्षलाई राखेर घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो ।

You might also like
Loading...