बर्दियामा क्रान्तिकारी युवा लिग, नेपालको प्रशिक्षण तथा भेला कार्यक्रम सम्पन्न

0 341

बर्दिया । नेकपा ( क्रान्तिकारी माओवादी ) निकट क्रान्तिकारी युवा लिग, नेपाल बर्दिया जिल्लाले ठाकुरबाबा नगरको प्रशिक्षण तथा भेला कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

क्रान्तिकारी युवा लिग बर्दिया जिल्लाका अध्यक्ष कुमार काफ्लेको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओवादी ) का जिल्ला सचिव कमरेड विपिनले प्रशिक्षण दिनु भएको थियो ।

क्रान्तिकारी युवा लिग बर्दियाले निरन्तर रुपमा जिल्लाका सबै स्थानीय स्तरका भेलाहरु सम्पन्न गर्ने योजना रहेको कुरा क्रान्तिकारी युवा लिगका नेता काफ्लेले जनपथलाई जानकारी गराउनु भएको छ ।

उक्त भेलामा जिल्ला पार्टी सदस्य कमरेड हार्दिक लगायतका जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।

You might also like
Loading...