बाँकेमा अखिल(क्रान्तिकारी)को संगठन विस्तार

0 202

बाँके । मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी )ले पछिल्लो समय संगठन विस्तार अभियान तीव्र रुपमा संचालन गरेकोछ । आइतबार बाँके जिल्लामा संगठन निर्माण गरेको कुरा विद्यार्थी नेता मनोज थापाले जानकारी दिनुभएको छ ।

नेपालको शिक्षा क्षेत्रमा मौलाएको नीजिकरण, व्यपारिकरण, माफियाकरण, दलालीकरण र भ्रष्टीकरणका विरुद्ध अखिल (क्रान्तिकारी ) ले सशक्त रुपमा आवाज उठाउँदै आएको र विद्यार्थीहरुका समस्याको समाधान पनि अखिल (क्रान्तिकारी )ले मात्र गर्ने विश्वास रहेको भन्दै देशभरीबाट विद्यार्थीहरु संगठित भइरहेको कुरा एक नेताले जनपथ खबरलाई बताएका छन ।

त्यसैगरी आज कोहलपुरको त्रिभुवन माध्यमिक विद्यालाय कक्षा १२ का विद्यार्थीहरु संगठित भएका छन । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु एक प्रशिक्षण तथा भेला कार्यक्रमकाबीच संगठित भएका हुन । सो कार्यक्रमबाटै सुमन रावतको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन भएको कुरा स्रोतले जनाएको छ ।

साथै, सोही विद्यालयको म्यानेजमेन्ट तर्फ पनि कक्षा इकाई कमिटी गठन गरेको कुरा अखिल (क्रान्तिकारी)का नेताले जनपथलाई जानकारी गराएका छन । लक्ष्मी वलीको अध्यक्षतामा कमिटी चयन भएको छ ।

You might also like
Loading...