अखिल ( क्रान्तिकारी ) राष्ट्रिय स्वाधीनताको आन्दोलन सहित संगठन विस्तार गर्दै

0 186

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल ( क्रान्तिकारी ) ले संगठन विस्तार अभियान तीव्र बनाएको छ । सोमबार बाँके जिल्लाको बागेश्वरी बहुमुखी क्याम्पसमा एक भेलाद्वारा क्याम्पस इकाई कमिटी निर्माण गरेको हो ।

जसमा प्रमिला थरुको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन भएको कुरा अखिल ( क्रान्तिकारी ) नेता मनोज थापाले जानकारी गराउनु भयो ।

त्यसैगरी अखिल ( क्रान्तिकारी ) द्वारा संचालन गरिएको संगठन विस्तार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनको क्रममा बाँकेको कोहलपुर नगरपालिका अन्तर्गत सगरमाथा ज्ञानकुञ्ज माध्यमिक विद्यालयका कक्षा ११ मा लक्ष्मी बुढाको अध्यक्षतामा १३ सदस्यीय कक्षा इकाई कमिटी र कक्षा १२ मा सपना देवकोटाको अध्यक्षता ११ सदस्यीय कक्षा इकाई कमिटी चयन भएको छ ।

अखिल क्रान्तिकारीले राष्ट्रघाती एमसीसी सम्झौता खारेजको निमित्त संघर्षका कार्यक्रमहरुको साथै संगठनको कामलाई पनि तीव्रता दिइरहेको अखिल (क्रान्तिकारी) का प्रदेश नेता मनोज थापाले जनपथलाई जानकारी दिनुभएको छ ।

You might also like
Loading...