दाङमा एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध सभा

0 224

दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) दाङ जिल्ला समितिको आयोजनामा दाङको तुलसीपुरमा एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध सभा सम्पन्न भएको छ ।

घोराहीको ट्राफिक चोक बाट सुरुभएको जुलुस एमसीसी खारेजीको माग गर्दै नाराजुलुस सहित घोराही बजारको बिपि चोक ,सहिद गेट हुदै तुलसीपुर चोकमा पुगेर आमसभामा परिणत भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङको आयोजनामा भएको उक्त कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरे ,नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश सदस्य गुराँस ,नेकपा(९क्रान्तिकारी माओवादी) दाङ जिल्ला इञ्चार्ज समीर के सि लगाएतका वक्ताहरूले मन्तब्य राख्दै एमसीसी नेपाल र नेपाली जनताको हितमा नरहेको ,एमसीसी सम्झौताले देश अस्थिरता तिर जाने, द्वन्द बढने , र नेपाल रणनीतिक रुपमा द्वन्द्वग्रस्त हुने ,जहाँ अमेरिका छिर्छ त्यो देश खण्डहरुमा परिणतहुने विश्वका घटनाले देखाएकोले कुनै पनि हालतमा एमसीसी संसदबाट पास गर्न नहुने कुरामा जोड दिए ।

एमसीसी बिरोधिहरु नपढेका हुन भन्नेहरु प्रति टिप्पणी गर्दै बक्ताहरुले भुकम्प आएको समयमा दातृराष्ट्रहरुले अनुदान दिएको कर्कटपाता समेत लुटनेहरुले बोलेको कुरामा कुनै तुक नभएकोले यी दलालहरुको भ्रमजालमा नफस्न आम जनतामा अपिल गरे ।

आजबाट सुरु हुने संसद अधिवेशनमा एमसीसी संसदमा टेबुल गर्ने र यहीँ अधिवेशनमा एमसीसी पास गर्ने योजनामा यी दलालहरु रहेकोले स्वाभिमानी नेपाली जनता आन्दोलनमा उत्रिन आवश्यक रहेको बताए । आज हाम्रो पार्टीको नेतृत्वमा संसद भवन घेर्ने , सांसदहरुलाई संसद भवन भित्र छिर्न नदिने कार्यक्रम रहेको जानकारी गराउदै उक्त कार्यक्रमलाई सहयोग पु(याउन देशभरिका ७७ जिल्लामै बिरोध कार्यक्रम राखिएको बताए । कार्यक्रम सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य तिलक बिक ले गर्नुभएको थियो ।

You might also like
Loading...