एमसीसी पास गर्ने दलालहरुलाई देशबाट लखेट्न आवश्यक परे बन्दुक उठाइन्छ: केसी

0 434

दाङ । एमसीसी परियोजना संसदबाट पारित गरे दलालहरुलाई देश निकाला गर्ने चेतावनी दिदै नेकपा (क्रान्तिकारी माओवादी)का युवा नेता समिर केसीले आवश्यक परे फेरि बन्दुक उठाउने चेतावनी दिनुभएको छ ।


नेकपा ( क्रान्तिकारी माओवादी) दाङ जिल्लाका इञ्चार्ज समेत रहनुभएका नेता केसीले दलालहरुले राष्ट्रियहित बिपरीत काम गरिरहेको हुँदा त्यसलाई रोक्न स्वाभिमानी नेपाली जनता सडक सङ्घर्षमा उत्रनुपर्ने बाध्यता आएको समेत बताउनु भयो ।


अमेरिकी शासकहरु दक्षिण एसिया छिरेर त्यसमा पनि नेपाल छिरेर चिनलाई घेराहाल्ने र नेपालका बहुमुल्य खनिज पदार्थ हडप्ने योजनासाथ एमसीसी परियोजना अगाडि सारेर आएको दाबी गर्दै यसको खारेजीको लागि सम्पुर्ण देशभक्त नेपाली जनतालाई सडक संघर्षमा उत्रन आग्रह गर्नुभयो ।

कार्यक्रममा अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एबम दाङ जिल्ला इञ्चार्ज सितलले एमसीसी पास गर्नेहरुले डलर खाएर पचाउनका लागि सँसदबाट पास गर्न खोजेकोले नेपाली जनताको आन्दोलनबाट उक्त सम्झौता खारेजी गरिने बताउनु भयो ।

यसैगरी नेकपा मसालका दाङ जिल्ला प्रबक्ता भरत भण्डारी, नेकपा मालेका प्रदेश सदस्य कपिल देब पोख्रेल, राष्ट्रिय जनमोर्चा नेपाल दाङका अध्यक्ष तथा केन्द्रीय सदस्य गणेश आचार्य, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले पनि विरोध मन्तव्य राख्नुभएको थियो ।


दाङ घोराहीको ट्राफिक चोकबाट एमसीसी खारेजीको नाराजुलुस बंैक रोड हुँदै तुलसीपुर चोकमा पुगेर विरोधसभामा परिणत भएको थियोे । उक्त कार्यक्रमको सहजिकरण युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक योगीले गर्नुभएको थियो ।

You might also like
Loading...