संगठन बिस्तार गर्दै क्रान्तिकारी पत्रकार महासंघ

0 226

नवलपरासी । जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति अन्तरगत जिल्ला जिल्लामा संगठन बिस्तार अभियान शुरु गरिएको छ ।

संगठनले प्रदेशका १२ वटै जिल्लामा भेला तथा सम्मेलन गरेर प्रदेश सम्मेलन गर्नका लागि संगठन बिस्तार अभियान तिब्र बनाएको महासङघका महासचिव एवं प्रदेश संयोजक रवि पान्डेयले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौष ९ गते कपिलवस्तुको कोइली बनगाइमा दोस्रो जिल्ला भेला हुन हुदैछ । त्यस्तै बाके जिल्ला भेला पौष ११ र दाङको भेला १३ गते हुने तयारी गरिएको उहाँले बताउनुभयो । `

पश्चिम नवलपरासी ,रुपन्देही र बर्दियामा जिल्ला सम्मेलन गरिनेछ ´ – उहाँले भन्नुभयो ` यहि महिना भित्र प्रदेशका सबै जिल्लामा गठन पुनर्गठन सम्पन्न हुन्छ । प्युठान,अर्घाखाँची, रोल्पा, पाल्पा र गुल्मीमा समेत सङगठनले जिल्ला भेलाको तयारी गरेको जनाएको छ ।

You might also like
Loading...