बाँकेमा अखिल ( क्रान्तिकारी )को संगठन विस्तार अभियान तीव्र

0 163

बाँके । मोहन वैद्द”किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल ( क्रान्तिकारी ) ले संगठन विस्तार अभियान तीव्र बनाएको छ । अाइतबार बाँके जिल्लाको ज्ञनदय माध्यमिक विद्यालयमा एक भेलाद्वारा इकाई कमिटी निर्माण गरिएको हो ।

जसमा दिपिका वलीको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन भएको कुरा अखिल ( क्रान्तिकारी )का नेता मनोज थापाले जानकारी गराउनु भयो ।

त्यसैगरी अखिल ( क्रान्तिकारी ) द्वारा संचालन गरिएको संगठन विस्तार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनको क्रममा बाँकेको खजुरामा अादर्श विद्यालयका कक्षा ११ मा प्रेरणा वलीको अध्यक्षतामा ११ सदस्यीय कक्षा इकाई कमिटी र कक्षा १२ मा भावना वलीको अध्यक्षता १३ सदस्यीय कक्षा इकाई कमिटी चयन भएको छ ।

उक्त क्रार्यक्रममा नेकपा (क्रान्तिकारी माअोवादीका ) प्रदेश सेक्रेटरी भूपेन्द्र न्यौपाने, नेकपा (क्रान्तिकारी माअोवादीका)बाँके र बर्दिया जिल्ला इन्चार्ज तेज विक्रम शाही, दे ज मो जिल्ला अध्यक्ष लक्ष्मी चौलागाईं साथै अखिल क्रान्तिकारी दाङ जिल्ला अध्यक्ष मनोज थापाको उपस्थित थियोे ।

You might also like
Loading...