अर्घाखाँचीमा क्रान्तिकारी माओवादीद्धारा राजनैतिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0 241

अर्घाखाँची । मोहन बैद्य ¨किरण¨ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) अर्घाखाँची पार्टीको आयोजनामा राजनैतिक वैचारिक प्रशिक्षण तथा भेला कार्यक्रम सम्पन्न भएको छ । शनिबार मालारानी ६ मा जवस मोर्चाको गठनका साथै उक्क्त कार्यक्रम सम्पन्न भएको हो ।

साथै, उक्त भेला तथा प्रशिक्षण कार्यक्रको अध्यक्षता पार्टीका जिल्ला सचिव टक मान राउत ¨ज्वाला¨ ले गर्नु भएको थियो । सो कार्यक्रको संचालन देजमो नेपालका जिल्ला अध्यक्ष एवं पार्टीका जिल्ला सदस्य अशोक थापाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी माओवादीका पिविएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भूपेन्द्र न्यौपाने रहनु भएको थियो । त्यसैगरी अतिथि नेकपा क्रान्तिकारी माओवादीका सिसिएम तथा अर्घाखाँची एवं प्यूठान जिल्ला इन्चार्ज टीका राम पौडेल रहनु भएको थियो ।

कार्यक्रममा समसामहिक राजनैनिक परिस्थिति,पार्टीले खेल्नु पर्ने भूमिका र क्रान्तिकारीहरुको काँधमा इतिहासले सुम्पेको ऐतिहासिक कार्यभार, त्यो कार्यभार उठाउनका लागि क्रान्तिकारी लडाकु, पार्टी निर्माण गर्ने, राष्ट्रघाति एमसीसी सम्झौता खारेजी गर्न आन्दोलनको सृजना गर्ने, सीमा अतिक्रमण जस्ता विषयमा प्रशिक्षण भएको थियो । उक्त प्रशिक्षण कार्यक्रम पश्चात पार्टीका विभिन्न सेल कमिटी निर्माण भयो र मालारानी गाउँपालिकामा पार्टी गाउँ कमिटी समेत गठन भएको छ ।

जवस मोर्चा अन्र्तगत क्रान्तिकारी युवा लिग नेपालको अर्घाखाँची जिल्ला कमिटी निर्माण भएको छ । जसमा अध्यक्ष विष्णु गुरुङ, उपाध्यक्ष टोपबहादुर नगरकोटि, सचिव देब बहादुर घम, सहसचिव विष्णु घम, कोषाध्यक्ष विष्णु बि क , सदस्यहरुमा यम बहादुर घम, दिपक थापा, दिपेन्द्र सुनार, विष्णु गुरुङ¨ख¨ , लगायत सदस्य रहनु भएको छ ।

त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको संयोजकमा दीपेन्द्र सुनार चुनिएका छन् । उक्त समितिको सदस्यहरुमा भगवता अधिकारी, दीपक थापा, अनिता झाँक्रीमगर, निर्मला खनाल र केशब खनाल चुनिएका छन् ।

You might also like
Loading...