कपिलवस्तुमा अखिल ( क्रान्तिकारी ) को नगर कमिटी निर्माण

0 175

कपिलवस्तु । आज नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल ( क्रान्तिकारी ) को नगर कमिटी निर्माण भएको छ ।
पुजा भुषालको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्माण गरेको छ । साथै , उपाध्यक्ष -अनिता जिसी ,सचिव – संगिता कुँवर , काेषाध्यक्ष – सृजना गन्धर्व , सदस्य अमृता थरु , यादव उप्रेती र सृष्टि गन्धर्व रहनु भएको छ ।

सो कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओबादी) पिवीएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भूपेन्द्र न्यौपाने ले अबको शैक्षिक राजनीतिक आन्दोलनमा बिद्यार्थी संगठन दरोरूपमा उभिनुपर्ने बताउदै अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी खारेजी, शिक्षा-स्वास्थ्य क्षेत्रका विकृति विसंगती, महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षकाे मैदानमा रहनुपर्ने र नयाँ जनवादी क्रान्तिकारीको अभियानमा अघाडि बढनु पर्ने कुरा अौलाउनु भयो ।

उक्त कार्यक्रममा बाेल्दै अखिल (क्रान्तिकारी)का प्रदेश सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष मनोज थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा शैक्षिक माफियाहरूले, ब्यापारीकरण, माफियाकरण, दलालीकरण ,भ्रष्टीकरणका बिरुद्धमा निर्मम सङ्घर्ष गर्दै शिक्षालाई पुर्णरुपमा निशुल्क ,सर्बसुलभ ब्यवहारिक,वैज्ञानिक जनबादी शिक्षा लागु गराउन अखिल (क्रान्तिकारी)ले नेतृत्वदायी भूमिका खेल्ने बताउनु भयाे ।
त्यस्तै यस भेलाबाट नेतृत्वमा आउने बिद्यार्थीहरुले सधैं शिक्षा र स्वास्थ्य क्षत्रकाे विकृति हटाउन सङ्घर्षमा उत्रनुपर्ने पने मनोजले बताउनु दिनुभयो ।
उक्त कपिलवस्तु जिल्ला सेक्रेटरी कमल उप्रेतीले भेलालाई सफलताको कामना दिनु भयो ।

You might also like
Loading...