अमेरिकाले किन गर्यो चीनलाई अनुरोध ?
एजेन्सी । संयुक्त राज्य अमेरिकाले युक्रेनविरूद्ध हुने कुनै पनि किसिमको अतिक्रमणलाई निरुत्साहन गर्न मस्कोमाथि आफ्नो प्रभावलाई प्रयोग गर्न चीनलाई आग्रह गरेको छ।
विदेश मन्त्रालयकी एक जना अधिकारी भिक्टोरिया नुलन्डले युक्रेनमा द्वन्द्व भए त्यो चीनका लागि पनि नराम्रो हुने बताइन्।
उनले कूटनीतिक समाधानको पक्षमा पश्चिमा देशहरू एक ठाउँमा रहेको भए पनि रुसले सैन्य कदम चाले तत्कालै कठोर मूल्य चुकाउनुपर्ने बताइन्।
राष्ट्रपति पुटिनले युक्रेनबारेका मस्कोका मागप्रति वासिङ्टनको प्रतिक्रियाबारे विचार गरिरहेका छन्।
अमेरिकाले युक्रेनी सीमामा रुसी फौज जम्मा हुँदा अन्तर्राष्ट्रिय शान्तिमा परेको जोखिमको विषयमा राष्ट्र सङ्घको सुरक्षा परिषद्मा सोमबार छलफल गरिओस् भन्ने माग गरेको छ।