झापामा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्युु

0 189

झापा । कन्काइ नगरपालिका ७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर हिजो दिउँसो दुइ बर्सिया छोरीको मृत्यु भएको छ

मृत्यु हुनेमा सोही ठाउका बालकृष्ण दुलालकी छोरी आरोसी दुलाल रहेकी छन।
घरमा पार्किङ गरि राखेको मे १त ७५१ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोसी घाइते भएकी थिइन् ।

घाइते उनलाइ तत्काल उपचारका लागि बिर्तामोड स्थित बिर्ता सिटि अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका झापाका प्रवक्ता बसन्त पाठकले जनकारी दिए।

घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।

You might also like
Loading...