शिङ्गो इलामको जनसंख्या ओरालो लाग्दै

0 375

इलाम । इलामका १० वडामध्ये ८ पालिकाको जनसंख्या पाँचै बर्षमा घटेको छ।
राट्रीय जनगणना २०७८ अनुसार सदरमुकाम रहेको इलाम नगरपालिका र चुरेक्षेत्रमा रहेको चुलाचुली गाउँपालिका को मात्र बढेको पाइएको छ।

२०६३ मा पालिका बिभाजन हुँदा रास्ट्रय जनगणना २०६८ र तत्कालिन जिल्ला बिकास समितिको जनसंख्या बिबरणलाई आधार मानिएको थियो । संघिय मामिला तथा समान्य प्रकाशन मन्त्रालयको बिबरणअनुसार त्यतिबेला पालिकाअनुसार जून जनसंख्या थियो ।

अहिले २०७८ साल इलाम र चुलाचुली ले मात्र त्यसलाइ उछिनेका छन। ३ नगरपालिका ५ गाउँपालिकाको जनसंख्या वृद्धिदर घट्दो देखिन्छ । २०७३ मा इलामको जनसंख्या ४८ हजार ५ सय ३६ थियो। अहिले १९१९ ले बढेको छ।
केन्द्रिय तथ्यांक बिभागका अनुसार अहिले इलाम नगरपालिकाको जनसंख्या ५० हजार ४५५ रहेको छ। यसैगरी चुलाचुलीको २०७३ मा २० हजार ८ सय २० रहेको थियो । १७३६ बढेर २२ हजार ५५६ पुगेको छ ।
सुर्यादय नगरपालिकामा २०७३ मा कुल जनसंख्या ५६हजार ६९१ रहेकोमा हाल घटेर ५५ हजार ४५७ रहेको छ। देउमाइ नगरपालिकामा ३२हजार ९२७ रहेकोमा हाल घटेर ३१, ५३१ रहेको छ। माइ नगरपालिकामा ३२,५७६ मा घटेर ३०,९८८ सिमित रहेका छन।

फाक्फोकथुम गाउँ पालिका मा २१,६१९ रहेकोमा घटेर २०,००४ मा रहेको छ। माइजोगमाइ पालिकामा २१,०४४ रहेकोमा हाल १९,२९५ रहेको छ। यसैगरी माङसेबुङमा १८,५०३ रहेकोमा हाल को जनसंख्या १६,८१७ रहेको छ। , रोङ पालिकामा १९,१३५ रहेकोमा हाल १७,५५५ रहेको छ। सन्दकपुर गाउँ पालिकामा १६,०६५ रहेकोमा १५,४६० रहेको छ।
२०६८ सालमा सिगो इलामको जनसंख्या २,९०,२५४ रहेकोमा २,८०,५६५ सिमित जनसंख्या रहेको छ।

You might also like
Loading...