बाँसगढीमा लोकन्ती गएको ट्याक्टर दुर्घटना: एकको मृत्युु, १६ घाइते

0 2,108

बर्दिया । बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नं. ४ बठुवा चोक नजिक लोकन्ती गएको ट्याक्टर दुर्घटना भएको छ । शनिबार बाँसगढीको बठुवादेखि भुरीगाउँ लोकन्ती पुर्‍याउन जान लागेको भे २ त १३१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

उक्त ट्याक्टर दुर्घटनामा एक जनाको मृत्युु भएको छ, भने १६ जना घाइते भएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनपथ खबरलाई जनाएको छ । घााइतेहरुको कोहलपुर मेेेडिकलमा  उपचार भइरहेको छ ।

सो दुर्घटनामा परी मृत्युु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का सुमन थारु रहेका छन । अन्य घाइतेहरु मध्ये केहीको अवस्था सामान्य छ भने केहीको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

You might also like
Loading...