क्रान्तिकारी माओवादीद्वारा २७ औं जनयुद्ध दिवसको अवसरमा क्रान्तिकारीहरु ध्रुवीकृत हुन आह्वान

0 276

काठमाडौं । २७ औं जनयुद्ध दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले एक ऐतिहासिक वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपालको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको भयावह स्थितिको चित्रण गर्दै वर्तमान परिस्थितिमा नयाँ जनवादी क्रान्ति अनिवार्य आवश्यकता बन्न गएको तथ्य स्पष्ट भएको कुरा उल्लेख गरिएको छ । र, स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस अवसरवादी तथा संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा ध्रुवीकृत तथा एकीकृत भई अगाडि बढ्न विशेष आह्वान गरिएको छ ।


पार्टी महासचिव मोहन वैद्य किरणले जारी गर्नुभएको वक्तव्यमा जनयुद्ध सुरु गरेको दिनको स्मरण गर्दै भनिएको छ, “ आज २०७८ फागुन १ गते सत्ताइसौं जनयुद्ध दिवस हो । हाम्रो पार्टीले आज विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गरी देशभरि महान् जनयुद्ध दिवस मनाउन गइरहेको छ । सर्वप्रथम यस ऐतिहासिक दिनमा हामीले नेपाली क्रान्तिको प्रक्रियामा जीवन बलिदान गर्ने सम्पूर्ण अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, बेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । साथै, यस अवसरमा देश र जनताको मुक्तिका निमित्त नेपाली जनताले देखाएको त्याग, वीरता, साहस तथा बलिदानका उच्च कीर्तिमानहरुको संस्मरण गर्दै हाम्रो पार्टी सहिद तथा बेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी सदस्य कमरेडहरु, समर्थक तथा शुभचिन्तक जनसमुदाय एवम् अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु लगायत विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना सहित लाल अभिवादन गर्दछ ।”

You might also like
Loading...