एमसीसी सम्झौता विरुद्ध अमेरिकी दूतावास अगाडि मसाल जुलुस प्रदर्शन: दर्जनौँ गिरफ्तार 

0 626

काठमाडौं । अमेरिकी साम्राज्यवादको दादागिरी, ठाडो र नाङ्गो प्रत्यक्ष हस्तक्षेपको विरुद्ध गरिएको मसाल जुलुस प्रदर्शनमा नेकपा ( क्रान्तिकारी माअोवादी) का नेता कार्यकर्ता पक्राउ परेका छन ।

आइतबार वेलुका जन-राष्ट्रघाति एमसीसी सम्झौता विरुद्ध अमेरिकी दूतावास अगाडिको मसाल जुलुस प्रदर्शन कार्यक्रमबाट उक्त नेता-कार्यकर्ता पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत महाराजगन्जले क. सागर, क.इश्वर, क. फु नाम्गेल मोक्तान, क.बसन्त, क. युवराज, क. अर्जुन, क. प्रविन., क. सुनिता, क. विष्णु बुढाथोकी, क. रोशन, क.राजकुमार, क. शोभिता, क. केदार, क. राजकुमार थापा, क. रोशन कार्की, क. कुमार खाति, क. अनुश बिसि, क. प्रेम बुढाथोकी लगायतलाई नियन्त्रणमा लिएको छ ।

You might also like
Loading...